काठमाडाैं । काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजी टेक एक्सपो २०८० टोखा-३ धापासी काठमाडाैंमा सम्पन्न भएको छ ।
काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजी तथा प्राईभेट एण्ड बोर्डिङ स्कुल एसोसियन (PABSON ) को संयुक्त आयेजनामा Technical Education: Pathway to continuous education, Innovation and Professional Success (प्राविधिक शिक्षा: निरन्तर शिक्षा, नवप्रवर्तन र व्यावसायिक सफलताको मार्ग) भन्ने विषयमा काठमाडाैं जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन भएको हाे ।
निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरणको अवसरमा काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजीमा टेक एक्स्पो २०८० को समेत आयोजना गरिएको थियो । टेक एक्सपो २०८० मा काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजीमा Diploma in Engineering मा अध्ययनरत विद्यार्थीहरुद्वारा तयार पारिएका विभिन्न पोजेक्ट तथा नवप्रवर्दनको प्रदर्शनीसमेत भएको थियो ।
निबन्ध प्रतियोगिताको पुरस्कार वितरण समारोहका प्रमुख आतिथ्यता प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (CTEVT) का उपाध्यक्ष श्री खगेन्द प्रसाद अधिकारीले गर्नु भएको थियो । प्रतियोगितामा श्री तिलिङाटा मा.वि कक्षा १० का छात्र श्री सुसिल भण्डारीले प्रथम पुरस्कार नगद रु २०,०००/- तथा काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजीमा Diploma in Engineering अध्ययन गर्नको लागि अध्ययन शुल्क को ७५% रकम छात्रवृत्ति प्राप्त गरेका छन् ।
त्यसै गरि द्वितिय र तृतिय स्थान कामना हायर सेकेन्डरी स्कुलकी अध्ययनरत रिया थापा तथा लक्ष्मीपुर सेकेन्डरी स्कुलमा अध्ययनरत कुसुम नेपालीले प्राप्त गरेका छन् । उनिहरुले जनही नगद रु १२,५००/- र ७,५००/- र काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजीमा Diploma in Engineering अध्ययन गर्नको लागि अध्ययन शुल्क को ५०% रकम छात्रवृत्ति प्राप्त गरेका छन् ।
त्यसै गरि सान्त्वना पुरस्कारमा रोडोडेन्ड्रन् इन्टर्नेशनलका सृजिता अधिकारी, नर्थ भ्याली बोडिङ स्कुलका, स्नेहा भण्डारी, गंगा सेकेन्डरी स्कुलका सगुन जि.सी र अमर इङलिस सेकेन्डरी स्कुलका सृजक जो.सी ले जनही नगद रु २,५००/- र काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजीमा Diploma in Engineering अध्ययन गर्नको लागि अध्ययन शुल्क को २५% रकम छात्रवृत्ति प्राप्त गरेका छन । साथै निबन्ध प्रतियोगिताका सम्पुर्ण सहभागी विद्यार्थीहरुले काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजीमा Diploma in Engineering मा अध्ययन गर्नको लागि अध्ययन शुल्क को १५% रकम छात्रवृत्ती प्राप्त गरेका छन ।
निबन्ध प्रतियोगिताको सम्पुर्ण नगद पुरस्कारको प्रायोजन श्री सिद्धार्थ बैङ्क लिमिटेड र छात्रवृत्तिको प्रायोजन काठमाडाैं इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच