काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत् विदुर नगरपालिका ५ देवीघाटमा रहेको शहीद जगत् प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुर्ई थान इन्टरेक्टिभ(स्मार्ट) बोर्ड प्रदान गरेको छ ।
बैंकले अन्तरक्रियात्मक सिकाइ विधिमार्फत् विद्यालयमा अध्ययनरत विद्यार्थीमा सूचना प्रविधिसम्बन्धी सीप तथा धारणा विकासका साथै गुणस्तरीय शिक्षाका लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीको अध्ययनप्रतिको रुचिमा विकास गराउने स्मार्ट बोर्ड प्रदान गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नरेशराज आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर डंगोललगायत बैंकका पदाधिकारी, विद्यालयका कर्मचारी तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts