कायरो । दक्षिणी गाजा शहर राफामा इजराइली आक्रमणको आशंकाबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय संकट गहिरिन सक्ने चिन्ता बढेका बेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब मुलुकहरूले अमेरिकाको निन्दा गरेका छन् ।
मंगलबार न्यूयोर्कमा आयोजित राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन सत्रमा अल्जेरियाले अरब मुलुकहरूका तर्फबाट पेस गरेको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यबीच १३ मत प्राप्त भएको छ । अमेरिकाले उक्त प्रस्तावविरुद्ध मतदान गर्यो भने बेलायत अनुपस्थित थियो । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts