कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनमाथि छलफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार बिभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन । हिजोका बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा। प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन माथी आजबाट छलफल सुरू हुनेछ ।

ADVERTISEMENT

समुहगत रूपमा पाँच प्रतिवेदन माथी आजबाट छलफल हुने कांग्रेसले जनाएको छ । महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज