रेसुङ्गा क्याम्पसले ४१ औं वार्षिकोत्सब मनायो

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 7 mins

गुल्मी । विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता भएको क्यूएए मान्यता प्राप्त गुल्मी जिल्लाको एक मात्र स्नातकोत्तर तहसम्मको कार्यक्रम सञ्चालन गरिरहेको रेसुङ्गा बहुमुखी क्याम्पसले ४१ औं वार्षिकोत्सव मनाएको छ । २०३९ सालमा स्थापना भएको यस क्याम्पसले शनिबार वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो ।

त्यस अवसरमा स्वागत मन्तव्य राख्दै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्म विश्वकर्माले क्याम्पस आर्थिक संकटबाट गुज्रिरहेको बताउनुभयो । यस क्याम्पसमा करिब ७०० विद्यार्थी अद्यावधिक रहेको बताउँदै आर्थिक अभावममा क्याम्पसका १४र१५ जना कर्मचारी तथा प्रध्यापकहरुलाई शैक्षिक अवकाश दिनु परेको उहाँले बताउनुभयो ।

विगत ३० वर्षदेखि उच्च शिक्षाको माध्यमबाट समाजको सर्वाङ्गीण विकास र समुन्नतिका लागि उच्च शिक्षा आर्जन गर्न इच्छुक हजारौं विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले गुणस्तरीय एवम् प्रतिस्पर्धी उच्च शिक्षाको अवसर प्रदान गरी मानविकी तथा समाजशास्त्र, व्यवस्थापन र शिक्षा संकाय अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको क्याम्पस प्रमुख हरिबहादुर खत्रीले बताउनुभयो ।

उहाँले भरपर्दो नियमित आम्दानीको अन्य स्रोत नहुनु र नेपाल सरकारले गर्ने तलब वृद्धिका कारण प्रध्यापक कर्मचारीको पारिश्रमिकमा वृद्धि हुनु, विद्यार्थी संख्याको कम हुँदै जानु क्याम्पस छाड्ने र स्थानान्तरण हुने दरमा वृद्धि भएका कारण क्याम्पसमा आर्थिक दायित्व वृद्धि भएको बताउनुभयो ।

दायत्वि न्यूनिकरणका लागि अध्ययन अध्यापनको गुणस्तरमा अझै वृद्धि गरी विद्यार्थी भर्ना दरमा वृद्धि गर्ने, विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी नियमित अनुदान र आम्दानीका स्रोतहरु जुटाउने तर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, राजनैतिक दलका प्रतिनिधिहरुले स्थानीय तहलाई अल्पकालिन रोजगारका अवसहरु सिर्जना गरी अध्ययन गर्दै आर्थिक आर्जन गर्ने नीति तथा कार्यक्रम र बजेट बनाएर लागू गर्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डे, नेकपा एमाले जिल्ला कमिटि उपसचिव सावित्रा आचार्य, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सचिव अशोक थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सचिव देवराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष अनिल कक्षपति, राष्ट्रिय जनमोर्चा गुल्मीका हरिलाल न्यौपाने र क्याम्पसका सभासद घनश्याम पाण्डेले यस्तो बताउनुभयो ।

ADVERTISEMENT

वार्षिकोत्सब समारोहका प्रमुख अतिथि एवम् रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सबैको साझा संकल्प र पर्यत्नबाट मात्रै अहिलेको आर्थिक संकटबाट क्याम्पसलाई उकास्न सकिने बताउनुभएको छ ।

‘जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाबाट बजेट सुनिश्चितता गर्ने निणर्य गरियो ।’ नगरप्रमुख पन्थीले भन्नुभयो । पहिलो चरणमा एक करोड रुपियाँ दिने निर्णय अनुसार पछिल्लो पचास लाख हस्तान्तरण गर्ने बेलामा अख्तियारमा मुद्दा खेप्नु परेको बताउनुभयो । संघ र प्रदेश सरकारले आर्थिक रुपमा धरासायी हुन थालेका क्याम्पसलाई आर्थिक सहयोग नगर्ने तर स्थानीय सरकारले सहयोग गर्न खोज्दा मुद्धा हाल्ने कारणले समस्या उत्पन्न भएको बताउनुभयो ।

विकासका कार्यमा राजनीतिक दृष्टिकोणबाट हेर्ने तौर तरिकाबाट बाहिर निस्किनुपर्ने भन्दै लोकतन्त्र विरोध गर्नका लागि मात्र नभई उच्च राजनीतिक संस्कारका लागि पनि भएको बताउनुभयो । आरोप(प्रत्यारोपलाई त्यागेर विकास र समृद्धिका लागि एकजुट हुन आग्रह गर्दै नगरप्रमुख पन्थीले अहिले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर सबैले देख्ने र महसुस गर्ने गरी काम गरेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, शशस्त्र प्रहरी बल गुल्मीका प्रमुख सन्जिब कार्की, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटा, रेसुंगा नगरपालिका शिक्षा शाखा प्रमुख किरण सापकोटा लगायत वडाअध्यक्षहरु, प्रध्यापक, उपप्रध्यापक, पूर्व क्याम्पस प्रमुखहरु लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गुणानिधि शर्मा पाण्डेले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज