लुम्बिनी अस्पतालकाे वार्षिकोत्सवमा फुटबल र भलिबल प्रतियोगिता

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगीता भएको छ। खेलकुद संयोजक डा. रमेश अर्यालका अनुसार विभिन्न विभागका गरी ५ समूहले प्रतिष्पर्धा गरेको बताउनु भयो । बुटवल उपमहानगरपालिका–१२ रामनगरस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा खेल भएको थियो ।

खेलमा भलिबल तर्फ अस्पताल प्रशासन टीम प्रथम भएको छ भने दोश्रो ल्यावको टीम भएको छ। त्यस्तै भलिबलमा महिला तर्फ दिक्षा रिजालको टीम प्रथम भएको छ भने फुटबलमा महिला समुहको कबिता बिष्टको टीम प्रथम भएको अस्पतालका नायब शुब्बा चिरञ्जीबी घिमिरेले बताउनु भयो। त्यस्तै फुटबलमा चिकित्सकको टीम प्रथम र फार्मेसीको टीम दोश्रो भएको घिमिरेले बताउनु भयो।

फुटबल र भलिलका विजेताहरुलाई पुरस्कार वितरण गर्दै अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा. सुदर्शन थापाले खेलको माध्यमबाट स्वस्थ्य बन्न सकिनुका साथै यस्ता अतिरिक्त कृयाकलापको माध्यमबाट सेवा प्रदानमा थप उर्जा प्रदान गर्ने वताउनु भयो। सधै सेवाग्राहीसँग व्यस्त हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालमा सञ्चालन गरिएको कार्यक्रमले थप जिम्मेवार, प्रतिबद्ध र उर्जाशिल बनाउन टेवा पुग्ने अपेक्षा गरिएको बताउनु भयो।

ADVERTISEMENT

भलिबल तर्फ प्रथमलाई ५ हजार र दोश्रोलाई ३ हजार पुरस्कार रहेको छ भने फुटबलमा १० हजार रासीको पुरस्कार रहेको लेखापाल घनस्याम भुसालले बताउनु भयो।

त्यसै गरी खेल गतिविधि अन्तरगत फागुन १२ गते शनिबार क्रिकेट तथा म्याराथन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक तथा अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले वताउनु भयो । अस्पतालले यही फागुन १५ गते ११४ औं वार्षिक साधारणसभाको मूल समारोह गर्ने भएको उहाको भनाई छ। अस्पतालले विविध अतिरिक्त क्रियाकलाप उन्र्तरगत शुक्रबार पहिलो दिन कविता वाचन प्रतियोगिता भएको उहाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?