
काठमाडौं । मिस नेपाल २०२३ श्रृचा प्रधानले पारिस्थितिक पुनस्र्थापना (इकोलोजिक रिस्टोरेसन) का लागि आफ्नो अधिकारका लागि आवाज उठाउन नसक्ने जीव, पशुपक्षीको आवाज युवाहरूले समेट्नुपर्ने बताउनुभएको छ । विश्व सामाजिक मञ्च २०२४को अवसरमा सञ्चालन गरिएको ‘पारिस्थितिक पुनस्र्थापनामा युवाको सहभागिता’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘युवाहरूलाई आफ्नो पर्यावरणलाई नजिकबाट बुझ्न, समस्याको पहिचान गर्न र समाधानका लागि दृढ भएर अघि बढ्न आवश्यक छ ।’ कार्यक्रममा युनाइटेड नेसन कन्भेन्सन टु कम्ब्याट डेर्जटिफिकेसनले सञ्चालन गरेको जी-२० ग्लोबल ल्यान्ड इनिसिएटिभकी रिसर्च तथा आउटरिच विज्ञ-देवश्री निरौला, स्कुल अफ इन्भारोमेन्टल म्यानेजमेन्ट एन्ड सस्टेनेबल डेभलपमेन्ट (स्किम्स) कलेजका प्रमुख अजय माथेमा, ल्यान्ड आवर फ्युचरकी डेपुटी कोअर्डिनेटर शिक्षा खनालले पारिस्थितिक पुनस्र्थापनामा युवाको सहभागिता शीर्षकमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
विश्वका ११५ देशहरूमा भूमि विनाशको समस्या देखिए तापनि सीमित देशहरूले मात्रै त्यस विषयमा काम गरेका छन् । जलवायु परिवर्तनले निम्त्याएको संकटको सामना गरिरहँदा भूमि व्यवस्थापनको मुद्दा उठाउनुपर्ने जी-२० ग्लोबल ल्यान्ड इनिसिएटिभकी रिसर्च विज्ञ देवाश्री निरौलाले बताउनुभयो ।
यस्तै, नेपालमा पारिस्थिति पुनस्र्थापनाको अवस्थाका बारेमा जानकारी गराउँदै स्कीम्स कलेजका प्रमुख अजय माथेमाले काठमाडौंका पोखरीहरूको उदाहरण दिई ती पोखरीहरूको संरक्षण भए तापनि पर्यावरणीय मूल्य गुमाएको बताउनुभयो ।
स्किम्स कलेजको प्रांगामा सञ्चालन गरिएको सो कार्यक्रममा भूमि पुनस्र्थापनाको महत्व, जलवायु परिवर्तनविरुद्धको लडाइँमा भूमि पुनस्र्थापनाको महत्व विषयमा छलफल गरिएको थियो । कार्यक्रममा पूर्ववातावरण मन्त्री सुनिलकुमार मानन्धर, नेतृ, अभियन्ता तथा महिला दबाब समूहकी अध्यक्ष कल्याणी शाहको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच