जनयुद्ध दिवसमा बिदा नगरेकाे भन्दै अध्यक्षलाई कार्यपालिका बैठकमा बस्न रोक

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जनयुद्ध दिवसका दिनमा वडा कार्यालय खुला गरेको र जनयुद्ध दिवसका दिनमा बिदा नगरेकाे भन्दै कार्यपालिका बैठकमा बस्ने अधिकार नभएको भन्दै बाहिर जान आदेश दिएको पाइएको छ ।

फागुन १ गते रास्कोट नगरपालिकाले नगर भरी सार्वजनिक बिदा दिएको थियो भने वडा नं. ४ मा भने वडा अध्यक्ष दिनेश सज्यालले एक पार्टीको उत्सव भएको भन्दै सार्वजनिक बिदा नभएको विज्ञप्ति जारी गर्नुभएको थियो । उक्त विज्ञप्तिलाई आधार बनाएर बिहीबार बसेको रास्कोट नगरको कार्यपालिका बैठकमा सज्याललाई बस्न रोक लगाइएको हो ।

नगरको निर्णय नमान्ने तपाईँलाई बैठकमा बस्ने अधिकार छैन भन्दै नगरप्रमुख शाहीले हप्काएका थिए । सँगै माओवादीबाट निर्वाचित वडा अध्यक्षहरूले पनि यो नगर हाम्रो हो भन्दै कार्यपालिका सदस्यबाट राजीनामा दिन भनेका थिए । वडा नं ४ का अध्यक्ष सज्याल नेपाली कांग्रेसबाट निर्वाचित एक्लो वडा अध्यक्ष हुनुहुन्छ । उहाँले आफू जनताको मत पाएर आएकाले मैले किन बस्न नपाउने भन्दै प्रतिवाद गरेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा पनि एक्लो वडा अध्यक्ष हुनुको पिडा भोगेको उल्लेख गर्नुभएको थियो ।

ADVERTISEMENT

अध्यक्ष सज्यालले आफूलाई सुरुमा बैठकमा नबोलाएको र एक जना सदस्यले बैठक भइरहेको छ जानु भनेपछि आफू हलमा पुगेपछि हातमा माइनोट दिएर उपस्थिति गरेपछि नगरप्रमुखले ल जानुहोस् बैठकमा बस्ने अधिकार छैन भनेर भनेको गुनासो गर्नुभयो । अध्यक्ष सज्यालले नगरका प्रवक्ता तथा वडा नं. ९ का वडा अध्यक्ष धनबहादुर धामीले वडामा किन बिदा नदिएको भन्दै माफी माग्न धम्की दिएकाे बताउनुभयो । एक्लो मान्छे बोल्न सकेजति प्रतिवाद गरे पछि बाहिर निस्केको सज्यालको भनाई छ । रास्कोट नगरपालिका भित्रका नौ वडामा सात वडा र नगर प्रमुख माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।

उहाँहरूको बहुमत भएकाले जस्तासुकै निर्णय गर्ने र अन्य दलबाट निर्वाचित जनप्रतिनिधि जवरजस्ती चुप बस्नु पर्ने अवस्था छ । अदालतले खारेज गरेको जनयुद्ध दिवस सरकारले मनाउनु कानुनको अपहेलना हुने भन्दै वडा नं. ४ का अध्यक्षले बिदा नभएको प्रेस नोट मार्फत् जानकारी गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज