हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको साँया स्वास्थ्य चौकीमा दुई दिन सम्मका लागि सञ्चालन भएको पुरुष स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ । बिहिबारदेखि शुक्रबार सम्म सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा १४ जना पुरुषले सेवा लिएका छन् ।
३० वर्षदेखि माथिका ४५ वर्षसम्मका १४ जना पुरुषले स्थायी बन्ध्याकरण गराएको साँया स्वास्थ्य चौकीका इन्चार्ज बबरजङ पाल बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनमा र सर्केगाड गाउँपालिका स्वास्थ्य शाखाको समनयमा उक्त शिविर दुई दिनसम्म सञ्चालन भएको इन्चार्ज पालले बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको ‘एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ’ स्वास्थ्य शिविरका लागि जिल्ला अस्पतालबाट खटिएका डाक्टर कैलाश लामा, डाक्टर रोसन रावत सहित चार जना डाक्टरले उक्त शिविरमा सेवा दिएको बताउनुभयो ।
सन्तानको रहर पुगेका दम्पतीका लागि पुरुष बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । पछिल्लो समय ग्रामीण वस्तिहरुमा पुरुष बन्धायाकरण पनि एक विश्वासिलो माध्याम बन्दै गएको छ । स्थायी बन्ध्याकरण गरेपछि पुरुष कम्जोर हुने महिला दुब्लाउने हल्ला गाउँघरमा अझै रहेको पाइएको डाक्टर कैलाश लामाले बताउनुभयो ।
डाक्टर लामाले भन्नुभयो,“उक्त हल्लाको पछि लागेर भ्रममा नपर्न आग्रह गर्दै ग्रामीणवस्ति सम्म यो शिविर सञ्चालन गरिरहेका छौं । जिल्लामा स्थायी बन्ध्याकरण गराउने पुरुषको भन्दा महिलाको संख्या बढी रहेको उहाँको भनाई थियो ।”
ग्रामीण क्षेत्रमा शिविर प्रभावकारी
ग्रामीण क्षेत्रमा पछिल्लो समय स्वास्थय सेवा कार्यालय हुम्लाले विभिनन समयमा सञ्चालन गर्दै आएको स्वास्थ्य शिविर प्रभावकारी बन्दै गएको छ । ग्रामीण भेगमा स्वास्थय सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या झेलदै आएका विरामीको उपचार गरिएको छ ।
साँया स्वास्थ्यचौकीमा दुई दिनसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा ३२५ जना महिला पुरुषले विभिन्न रोगको उचार गराउनुका साथै स्वास्थ्य सेवा लिएको सोही स्वास्थ्यचौकीका इन्चार्ज पालले बताउनुभयो । जिल्ला अस्पतालबाट डाक्टर सहितको टोली शिविर सञ्चालनका लागि ग्रामीणवस्तिमा पुगेपछि साँया, दुल्ली सर्केगाड लगायतका स्थानीयवासिन्दा नाक, कान घाटी, दात, दम रुघाखोकी लगायतका उपचार सेवा लिएको उहाँले बताउनुभयो । जिल्ला अस्पतालबाट खटिएका डाक्टरहरुको टोलीले निःशुल्क सेवा दिएका हुन् ।
विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहत पाएको अनुभव गरेको डाक्टर रोसन रावतले बताउनुभयो । आगाी दिनमा ग्रामीण भेगमा रहेका गाउँपालिकाले यस्ता शिविर सञ्चालनका लागि सहजीकरण गरेमा आफुहरु खटिने डाक्टर रावतको भनाइ थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts