अन्नपूर्ण चिनी मिल संचालनका लागि डोंडा पूजा

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल संचालनका लागि आज डोंगा पूजा गरिएको छ ।

उद्योगका संचालक शैलेन्द्र गुप्ताले मिल संचालन लागि डोंगा पूजा गरिएको र किसानसँग उखु ल्याएर केही दिनभित्रै मिल संचालन गरिने बताउनुभयो ।

उहाँले तत्काल उखु क्रसिङ गर्ने तयारी भएपनि पहिलेका मालिकले २०७४÷०७५ क्रसिङ सिजनकै भुक्तानी नदिएको भन्दै किसानले पुरानो बक्यौता पहिले चुक्ता गर्न माग गरेकाले छलफलमै रहेको बताउनुभयो ।

ADVERTISEMENT

किसानसँग सहमती गरेर तत्काल उद्योग संचालन गरिने उहाँले बताउनुभयो । उखु नै सक्किने सिजनमा चल्न लागेको उद्योगले उपलब्ध हुनेजति उखु क्रसिङ गर्ने जनाएको छ ।

सर्लाहीको महालक्ष्मी चिनी उद्योग बगदह र इन्दुशंकर चिनी उद्योग हरिवनले यसअघि देखि नै उखु क्रसिङ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?