काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा आज टुँडिखेलमा वसन्त पूर्व मनाइएको छ । सो अवसरमा चिनियाँ राजदूत चेन सोङ्ग र उपसभामुख इन्दिरा राणाले शुभकामना व्यक्त गर्नुभयाे ।
सो पर्वमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीतसमेत प्रस्तुत गरिएको थियो । चिनियाँ नयाँवर्षको अवसरमा नेपालमा आयोजना गरिएकाे यो नै पहिलाे सांस्कृतिक मेला हो ।












