भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आइसिसी यू-१९ विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

भारतलाई हराउँदै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

अष्ट्रेलियाले भारतलाई ७९ रनले पराजित गरेको छ । फाइनल खेल जित्नका लागि अष्ट्रेलियाले भारतलाई २५४ रनको लक्ष्य दिएकाे थियो । जवाफी ब्याटिङ गरेको भारतीय टिम १७४ रनमै सीमित हुन पुग्याे । भारतीय ब्याट्सम्यान सुरुदेखि नै संघर्षरत देखिएका थिए । भारतीय टोली ४३.५ ओभरमा १७४ रनमै सीमित भयो ।

ADVERTISEMENT

अष्ट्रेलियाको टोली चौथो पटक अन्डर १९ च्याम्पियन बनेको छ । योसँगै भारतको छैटौं पटक उपाधि जित्ने सपना चकनाचुर भयो ।

सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेका फाइनल प्रवेश गरेको थियो भने अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज