काठमाडौं । हिमालय टाइम्सका उपसम्पादक तथा साहित्यकार विनोद दाहाल ‘वत्स’ पुरस्कृत हुनुभएको छ । वरिष्ठ साहित्यकार तथा लेखक ‘डा.आनन्ददेव भट्ट स्मृति साहित्यिक पत्रकारिता सम्मान तथा पुरस्कार २०८०’ बाट उहाँ पुरस्कृत हुनुभएको हो ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालद्वारा आयोजित कार्यक्रममा उहाँलाई स्वर्गीय आनन्ददेवका भाइ प्रा.डा.अर्जुनदेव भट्टद्वारा उक्त पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कारको राशि प्रमाणपत्रसहित १५ हजार रुपैयाँ छ । दाहाल यही संस्थाबाट प्रदान गरिएको शेरबहादुर कान्छी कुँवर पुरस्कारबाट यस पहिले पनि पुरस्कृत भइसक्नुभएको थियो । गतवर्ष आनन्ददेव भट्ट पुरस्कारबाट हिमालय टाइम्सकै उपसम्पादक कृष्ण भुसाल पुरस्कृत हुनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता