गौरीगञ्जको महेन्द्रनगर बसपार्कको निर्माण कार्य सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
gauriganj jhapa
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया सुरु भएको छ ।

बजारको दक्षिणतर्फ करिब १५ कट्ठा जग्गामा बसपार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ‘टेण्डर’मार्फत रु ४२ लाख ७० हजार दुई सय ५६ बजेट विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । करिब रु आठ करोडको लागतमा निर्माण हुने बसपार्कको डिपीआरअनुसार पहिलो चरणमा बसपार्कको काउन्टरको भवनको गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले शिलान्यास गर्नुभयो ।

जिल्लाकै पुरानो बजार मानिने गौरीगञ्ज बजारमा वर्षौंदेखि आधुनिक बसपार्कको आवश्यकता पूरा हुन सकेको थिएन । स्थानीय स्रोतसाधन र प्रदेश तथा केन्द्रको बजेटबाट प्रारम्भिक कार्यमा डिपीआर बनेको थियो । विसं २०१८ तिर तत्कालीन राजा महेन्द्र यहाँ भ्रमणका लागि आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिँदै आएको र सोही स्थानमा बसपार्क निर्माण सुरु गरिएको अध्यक्ष राजवंशीले बताउनुभयो ।

ADVERTISEMENT

टहरा, शौचालयसहितको बसपार्कको निर्माणले गौरीगञ्जको मुहार नै फेर्ने वडा नं ६ का वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो । गौरीगञ्जबाट दैनिकरुपमा काठमाडौँलगायत पूर्वका विभिन्न स्थानमा पुग्ने लामो तथा छोटो दूरीमा सञ्चालन हुँदै आएका बस व्यवस्थित बसपार्क नहँुदा सडक किनारमा पार्किङ गर्न बाध्यता रहेको वडाध्यक्ष यादवले बताउनुभयो ।

स्थानीय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगञ्जसमेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोन्नति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगञ्ज यो प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित हुने विश्वास गरिएको अध्यक्ष राजवंशी बताउनुहुन्छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज