‘चिया बगानको माध्यमबाट पहाडी जिल्लामा पनि पर्यटन प्रवर्द्धन गर्न सकिन्छ’

bhojpur chiya
Read Time = 4 mins

भोजपुर । चिया बगानका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै इलामको कन्यामलाई झैं भोजपुर, खोटाङ लगायतका जिल्लाहरुलाई पनि पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने भोजपुरमा शनिवार आयोजित कार्यक्रमका सहभागि वक्ताले बताउनु भएको छ ।

चिया तथा कफी खेती बिस्तारका लागि २०७० सालमा स्थापना भएको थामडाँडा-टेम्के-सिलिचुङ कृषि सहकारी संस्था लिमिटेड भोजपुरको तेश्रो जिल्ला अधिवेशन तथा दशौँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले पहाडी जिल्लाहरुमा समेत चिया तथा कफी खेतीको संभावना राम्रो भएकाले कृषकहरुले उत्साहका साथ काम गर्नु पर्ने बताउनुभयो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बचत तथा क्रण सहकारी संस्था भन्दा उत्पादनलाई जोडेर स्थापित भएको थामडाँडा-टेम्के-सिलिचुङ कृषि सहकारी संस्था लिमिटेडले आगामी दिनमा अर्गानिक चिया तथा कफी क्षेत्रमा भोजपुरलाई चिनाउँदै उद्यमशीलता बढाउने कार्यमा लाग्नु पर्ने बताउनुभयो ।

ADVERTISEMENT

मेहनत गर्न सकिएमा भोजपुर, खोटाङ लगायतका पहाडी जिल्लाहरुलाई पनि चियाका लागि इलाम जस्तै बनाउन सकिनेमा बत्ताहरुको जोड छ । कार्यक्रममा बोल्नु हुँदै कफीविज्ञ कृष्णप्रसाद पोखरेलले पहाडी जिल्लाहरुमा डाँडाकाँडामा चिया तथा कफीको संभावना देखेर सहकारीले सुरु गरेको खेति अभियान प्रभावकारी देखिएको बताउँदै चिया क्षेत्रमा इलाम जतिकै बन्न सकिने बताउनुभयो ।

सोक्रममा चिया बिज्ञ इसुशंकर श्रेष्ठ, खाद्य प्रबिधि बिज्ञ सकुन्तला राई सहितले सहकारी मार्फत चिया तथा कफी क्षेत्रमा गरिएको प्रयास सफल भएको बताउनुभयो । सहकारीका अध्यक्ष गणेश राईले संस्था मार्फत भएका प्रयासहरु, आगामी दिनका लक्ष, चुनौती, समस्या लगायतका बिषयमा प्रस्तुतीकरण समेत गर्नु भएको थियो । अध्यक्ष राईले भन्नुभयो, “पहाडका बाँझो जग्गामा अन्न होइन चिया रौपौ, पहाड उजाड भएको छ ।” उपयोग विहिन जग्गालाई सदुपयोग गर्दै गाउँमै रोजगारीको वातावरण सिर्जना गरेर किसानलाई व्यवसायीक बनाउने लक्ष सहकारीले लिएको राईले बताउनुभयो ।

अधिवेशन तथा साधारणसभाले चिया खेतीका बिषयमा बिबिध छलफल गर्दै नयाँ नेतृत्व समेत चयन गर्ने छ । संस्थाले हाल भोजपुर र खोटाङका जमीनमा चियाखेती विस्तार गरिसकेको छ । चिया खेतीका लागि भोजपुरको रामप्रसाद राई गाउँपालिकाको कटुन्जेस्थित बतासे डाँडामा चिया प्रशोधन कारखाना समेत स्थापना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज