हुम्ला । आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई आयोडिन मन्थका रुपमा हुम्लाका स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन सुरुआत गरेका छन् । यो कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सम्बन्धित निकायको रहेकाले जिल्लाको ताँजकोट गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अंकित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने नाराका साथ ताँजकोट गाउँपालिकामा रहेका दुई सय जनालाई आयोडिनयुक्त नुन निःशुल्क वितरण गरिएको गाउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । गर्भवती महिला, सुत्केरी महिला, किशोरावस्था र अन्य उमेर समुहका नागरीकलाई आयोडिन नुन गाउँपालिकाले वितरण गरेको हो । सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर संख्या शतप्रतिशतमा पुर्याउने नीति लिएको कारण प्रत्येक वडाका दुई सय प्रतिघरधुरीका लाई एक-एक प्याकेटका दरले नुन सहयोग गरेर आयोडिनयुक्त नुन प्रयोगका बारेमा जनचेतना फैलाइएको संयोजक ढकालले बताउनुभयो ।
आयोडिनको कमीबाट उत्पन्न हुने विभिन्न शारीरिक एवम् मानसिक कमजोरीका विषयमा जनचेतनामूलक कार्यक्रमबाट जानकारी गराइएको उहाँले बताउनुभयो । गाउँपालिका प्रांगणमा यहाँका सबै स्थानीयलाई उपस्थित गराएर आयोडिनयुक्त नुनको उचित मात्राको प्रयोगको बारेमा सचेत गराइएको हो ।
आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिह्न अङकित ‘पाकेट’ नुन प्रयोग गर्न ताँजकोट गाउँपालिका भरीका नागरीकलाई जानकारी गराइएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाका साथै अन्य उमेर समुहका नागरीकलाई उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्न आग्रह गरीएको अध्यक्ष जैसीले बताउनुभयो ।
आयोडिनयुक्त नुनको प्रयोग नगरेमा यसका बेफाइदाका बारेमा अध्यक्ष जैसीले जानकारी गराउनु भएको थियो । भने साथै यसको प्रयोग गर्न आग्रह गर्दै आयोडिन नुन अध्यक्ष जैसीले सहयोग हस्तान्तरण गर्नुभएको हो ।
आयोडिनयुक्त नुनको महत्वबारे जनचेतना जगाउन फेब्रुअरी’ महिनाभरी कार्यक्रम सञ्चालन गरीने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङकुले बताउनुभयो । आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको पम्प्लेट जस्ता सामग्री लिएर महिला स्वयम सेवीका, स्वास्थ्यकर्मी परिचालन गरिएको अधिकृत श्याङकुले बताउनुभयो ।
हुम्लामा एक प्योकट आयोडिनयुक्त दुई बालबालिका अंकित चिह्न नुनको रु नौ रुपयौँ मुल्यमा साल्डट्रेणिङ कर्पोरेसन शाखा कार्यालय हुम्लाले वितरण गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts