बैतडी । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सरकारले खेलकुदमा पर्याप्त बजेट विनियोजन नगरेको बताउनु भएको छ ।
शुक्रबारदेखि बैतडीको मेलौलीमा शुरु भएको १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै क्यान अध्यक्ष चन्दले बताउनु भएको हो ।
खेलकुद आयोजना गर्न तथा खेलकुदको विकासको लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसकेको गुनासको गर्नुभयो । संघीय सरकारले १५ खर्ब बजेट ल्याउँदै गर्दा खेलकुदमा ०.१६ प्रतिशत बजेट मात्रै बजेट ल्याएको क्यान अध्यक्ष चन्दले बताउनुभयो । स्थानीय तहले पनि खेलकुदको पुर्वाधारमा जोड दिनुपर्ने उहाँले बताउनु भयाे ।
गाउँगाउँमा खेलाडी उत्पादन भइरहेको बताउँदै उहाँले उनीहरुको सुनिश्चिततामा समेत स्थानीय सरकारले चासो नदिएको बताउनु भयो । तीनै तहको सरकारले खेलकुदको विकासमा जोड दिनुपर्ने चन्दको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता