चितवन । चितवनका चेपाङ बस्तीका ३६० चेपाङ विद्यार्थीहरूलाई मदन शिला प्रतिष्ठानले ज्याकेट वितरण गरेको छ । राष्ट्रिय आधारभूत विद्यालय कोराक-५ का १९५ जना, करनिटार, महाकाली आधारभूत विद्यालयको कोलार कालिका-९ का १०२ जना तथा आधारभूत विद्यालय दौतेस कालिका ११ का ६३ समेत गरी ३६० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।
यसका लागि आवश्यक पर्ने एक लाख ६० हजार रुपैयाँ मदनदेव भट्टराई र शिला भट्टराईका परिवारका सदस्यहरू भुपेष अधिकारी, श्रीमा मिश्र अधिकारी सुमन रेग्मी, सुइमा अर्याल रेग्मी, मन्दीप मिश्र, प्रीति उपाध्याय मिश्र, रजत ढुंगाना शुभेच्छा अर्याल ढुंगाना, सुदीप अर्याल, सम्युक्ता भट्टराई अर्याल आनन्ददेव भट्टराई दीपा खनाल भट्टराई, मनिषदेव भट्टराई, मनिषा थापा भट्टराई, राहुल भट्टराई र रइशा भट्टराईको सहयोग गर्नुभएको थियो ।
आवश्यकता पहिचान गरी चेपाङ बस्तीसम्म पुर्याएर वितरण गर्न सहयोगी भूमिका निर्वाह गर्नुहुने मुकेश खतिवप्रति प्रतिष्ठानले आभार व्यक्त गरेको छ । आगामी दिनमा पनि यस्तो सामाजिक कार्यहरूमा गर्दैजाने प्रतिष्ठानले जनाएको छ ।
स्मरणीय छ साहित्य र पत्रकारितामा ख्याति कमाउनुभएका साहित्यिक पत्रिकाका सम्पादक तथा समाजसेवी मदनदेव भट्टराई र उहाँकी धर्मपत्नीको नामबाट स्थापित यस प्रतिष्ठानले विगत नौ वर्षदेखि हरेक वर्ष एक-एक जना मूर्धन्य साहित्यकार र साहित्यिक पत्रकारलाई जनही एक लाख एक हजार नगद रुपैयाँ पुरस्कारसहित सम्मान गर्दै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts