‘सुशासनका लागि नागरिक सचेतना जरुरी’

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । सुशासन कायम गराउने प्रमुख दायित्व राज्यको भएपनि नागरिक सचेतना उतिकै जरुरी रहेको यहाँ आयोजित कार्यक्रमका सहभागिले बताउनु भएको छ ।

जिल्ला समन्वय समितिले गरेको भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन बिषयक अभिमुखीकरणका सहभागिले सुशासन पाउने नागरिकको अधिकार भएकाले त्यसलाई पूरा गर्ने दायित्व सरकारले लिनुपर्ने बताउनु भएको हो ।

सो कार्यक्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सुशासन, सुशासन ऐन, सुशासनका खम्वाहरु, सूचनाको हक, सुशासनका लागि गर्नुपर्ने प्रयास लगायतको बिषय समेटेर कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।

ADVERTISEMENT

जनताप्रति उत्तरदायी, पारदर्शी, निष्पक्षता र प्राथमिकता सुशासनका प्रमुख खम्वाहरु भएको बताउँदै प्रजिअ सापकोटाको सुशासनको मुल पात्र सरकार भएकाले नागरिकलाई प्रभावकारी सेवा दिनु उसको दायित्व भएको बताउनुभयो । सुशासनका लागि स्थानीय प्रशासन भन्दा पनि स्थानीय पालिकाहरु सक्षम र मजबुत हुन जरुरी रहेको प्रजिअ सापकोटाको धारणा थियाे । सुशासन कायम गराउनका लागि प्रत्येक पालिकाहरुमा बिषयगत बिज्ञहरुको ब्यवस्था गर्न जरुरी देखिए पनि पालिकाबाट त्यसतर्फ ध्यान जान नसकेको प्रजिअ सापकोटाले गुनासाे गर्नुभयो ।

जिल्ला समन्वय प्रमुख कमल थुलुङ राईले सुशासनका लागि पालिकाहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । बढी बजेट जाने भएकाले पालिकाहरु सचेत हुनु पर्ने बताउँदै प्रमुख राईले भष्ट्रचारमा संलग्नका हुनेका तीन पुस्तालाई कुनै पनि अवसरबाट बञ्चित गर्न सकिएमा सुशासनमा टेवा पुग्ने धारणा राख्नुभयो । यस्तै सहभागिहरुले आफुले लिने सेवाका बिषयमा नागरिक आफै सचेत हुन जरुरी रहेको धारणा राख्नु भएको थियो ।
सोक्रममा नेपाली कांग्रेसका उपसभापति डम्वर श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक सोनम छिरीङ शेर्पा, नेकपा एकीकृत समाजवादीका लालबहादुर राई, जनता समाजवादीका प्रसन्न कुमार राई, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, भोजपुरका बरिष्ठ पत्रकार निरोज कोइराला लगायतले सुशासनका बिषयमा आआफनो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधी लगायतको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज