तातोपानी गाउँपालिकाद्वारा हिउँदे गाउँसभाबाट आठ विधेयक पारित

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले चौधौं हिउँदे गाउँसभाबाट आठवटा विधेयक पारित गरेको छ।

बिहिवार भएको हिउँदे गाउँसभाले कार्यालयको काम कारवाहिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठ वटा (कानुन) ऐन,नियमावली,कार्यविधि र मापदण्ड निर्माण गरि पारित भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले जानकारी दिनुभयो ।

पारित भएका विधेयक मध्ये भु-उपयोग कार्यान्वयन कार्यविधि २०८०,भुमि व्यवस्थापन ऐन,दिवा खाजा संचालन तथा व्यवस्थापन सम्बन्धित कार्यविधि,एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धि कार्यविधि ,गरिबी निवारण कोष व्यवस्थापन कार्यविधि ,तातोपानी गाउँपालिकाको नक्सा पास सम्बन्धि कार्यविधि ,सडक आश्रित सहयोगापेक्षी मानव उदार पुन स्थापना तथा व्यवस्थापन कार्यविधि,र स्थानीय तह युवा विकास समिति नियमावली कार्यविधि पास भएको गाउँपालिका अध्यक्ष चौलागाँईको भनाइ छ।

विभिन्न समयमा प्राकृतिक प्रकोप भुकम्प बाढीपहिरो लगायत अन्य कारणले बर्सेनि भौतिक संरचनाको क्षति हुँदै आएकाले सो कुरालाई मध्यनजर गर्दै चालू आव देखि पालिकाको सम्पूर्ण घरका लागि बीमा कार्यक्रम शुरु गरि हालसम्म ८ सय घरधुरी घरबीमा कार्यक्रमबाट लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो । गाउँपालिकाले यस आव.मा गाउँ सभा मार्फत पुँजीगत र चालु शीर्षकमा कुल ५५ करोड ६० लाख २५ हजार बराबरको बजेट ल्याएको थियो ।

ADVERTISEMENT

जसमा पुँजीगततर्फ १८ करोड १९ लाख ५६ हजार बजेट विनियोजित भएको थियो । चालु आवको साउनदेखि माघसम्मको सात महिनामा पुँजीगत बजेटको २ करोड ६८ लाख ५३ हजार गरि कुल बजेटको १४दशमलव ७५ प्रतिशत खर्च भएको छ। त्यसैगरी चालुतर्फ ३७ करोड ४० लाख ६९ हजार मध्ये १४ करोड ७३ लाख ५ हजार गरि कुल चालू बजेटको ३९ दशमलव ३७ प्रतिशत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले जानकारी दिनुभयो ।

सातवटा ठुला ठेक्का मार्फत संचालन हुने आयोजनाहरु पालिकाले सम्झौता गरि काम अगाडि बढेको छ।

पालिकाका आठवटै वडामा संचालन हुने वित्तीय समानिकरण अनुदान अन्तर्गतका जम्मा ७६ वटा आयोजना,कार्यक्रम मध्ये ६१ वटाको सम्झौता कार्य सम्पन्न गरि करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ। त्यसैगरि प्रदेश सरकार सशर्त अनुदान शीर्षक अन्तर्गत १७ वटा मध्ये १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ । समपुरक र विशेष अनुदान शीर्षकका तीनवटा योजना सम्झौता गरि काम संचालनका लागि अघि बढेको गाउँपालिका अध्यक्ष चौलागाँईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?