काठमाडौं । बिगत लामो समय देखी शान्तिबाटिकामा बस्दै आएका मिटर ब्याजी लगाएत माइतिघरको निषेधाज्ञा पछि आन्दोलन गर्ने थलो बनाएकालाइ हिजो मात्र काठमाडौं महानगरले बिहानै खाली गराएको छ ।

मिटर ब्याजी पिडित सङ्गै आरती साहको न्याय माग्दै आएका भाइ प्रेम र आमा निर्मला पनि माइतिघरको निषेधाज्ञा पछि शान्तिबाटिका बसेर न्याय माग्दै आएका थिए । मंगलबारबाट शान्तिवाटिकाबाट निकालेपछि कहाँ जाने भनेर अन्योलमा छन ।

काठमाडौं महानगरले खालि गर्नुका साथ पिडितहरु बाहिर सडक छेउको फुटपाथमा धर्ना बसेका थिये । उनिहरु ठाउँ नछोड्ने भन्ने अठोट लिएर तेही फुटपाथमा चिसो रात काटिरहेका छन । बिहानको खाना होस या राती को उनिहरु फुटपाथमै बसेर पकाएर खाइरहेका छन ।









देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता