रचनावाचन गर्दै मनाइयो बालकृष्ण समको जन्मजयन्ती

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । बर्दघाट प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समको १ सय २२ औं जन्मजयन्ती रचनावाचन गरेर मनाइएको छ ।

बर्दघाट साहित्य समाजको सहकार्यमा भएको रचनावाचन कार्यक्रममा साहित्यकार प्रदिप भट्टराई, रामहरी अधिकारी, मुक्तिनाथ तिवारी, बाबुराम (गीरी) मुसाफिर, कुस्माकर ढकाललगायतले रचनावाचन गर्नु भएको छ ।

रचनावाचक कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले बालकृष्ण सम राणा परिवारमा जन्मेर पनि साहित्यमार्फत जनचेतना फैल्याउने काम गर्नु भएको बताउनु भयो । कला साहित्य र भाषाको सरक्षणका लागी बर्दघाट नगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेको बताउनु भयो ।

ADVERTISEMENT

कार्यक्रममा साहित्यकर्मीहरुले बालकृष्ण समले जिवनी, समका नाटक र अन्य रचनाहरुका बिषयमा चर्चा गर्दै सम उदारवादी रहनुका साथै साहित्यका नवौं रसमा भाषण गर्न सक्ने र प्रखर वक्क कलाका धनी बर्दघाट प्रज्ञा प्रतिष्ठानका कला, भाषा र साहित्य बिभाग सयोजक हुमनाथ आचार्यले बताउनु भयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य कुस्माकर ढकालले संचालन, दिपप्रकाश लोहनीले स्वागत र हुमनाथ आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज