भोजपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खडकाले अहिलेको गठबन्धन रहरमा नभएर बाध्यताका कारण बनेको बताउनु भएको छ ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत भोजपुर खटिनु भएका नेता डाक्टर खडकाले मंगलवार भोजपुरमा आयोजित कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।
कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री केशब कुमार बुढाथोकीको निधन पश्चात पार्टीले गरेको शोकसभा पश्चात बोल्नु हुदै पूर्व परराष्ट मन्त्री समेत रहनु भएका डाक्टर खडकाले पार्टी भित्र देखिने गरेको गुटवन्दी अन्त्य हुनु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागि भोजपुरका नेता कार्यकर्तासँग उहाँले मुलुकको हित र समृद्धिका लागि सवै नेता कार्यकर्ता इमान्दार हुन जरुरी रहेको पनि बताउनुभयो ।
आफ्नो जन्मथलोमा ४५ बर्ष पछि आउनु भएका डा खडकाले जिल्ल आउँदा आफुलाई खुशी लागेको बताउनुभयो । सोक्रममा केन्द्रिय सदस्य लक्ष्मी परियार, पार्टी सभापति तथा प्रदेश सांसद बिनोद बान्तवा लगायतको पनि उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्यको निधनपछि केन्द्रिय सर्कुलर अनुसार जिल्लामा संचालन हुदै आई रहेको समुदायमा कांग्रेस अभियान अन्तर्गतका कार्यक्रमहरु स्थागित गरिएको पार्टीका जिल्ला सचिव चक्र कार्कीले जानकारी दिनुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts