भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वृद्धबृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालय मार्फत नै वितरण गरेपछि सेवा प्रवाह प्रभावकारी भएको छ ।
गाउँपालिकाले वडा तहमा संचालन गरेको सामाजिक सुरक्षा भत्ता शिविरमा नौ सय ३९ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । गाउँपालिका मार्फत चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकको सुरक्षा भत्ता शिविर वडा तहमा संचालन गरेर सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । शिविरसँगै जेष्ठ नागरिक, आपांग भएका व्यक्ति, एकल महिलाहरु लागि स्वास्थ्य परीक्षणको समेत ब्यवस्था मिलाईएको थियो ।
गाउँपालिका पुग्न नपरेर गाउँमै भत्ता बुझन पाउँदा आफुहरुलाई पनि खुशी लागेको वडा नम्वर १ का सेवाग्राही अमृत बहादुर तामाङले बताउनुभयो । उहाँ मात्र होइन वडामै भत्ता पाउँदा पालिका भित्रका ८ वटै वडाका सेवाग्राही नागरिकहरुलाई राहत मिलेको छ । वडा नम्वर ३ भुल्केकी चन्द्र कुमारी मगरले भन्नुभयो, “हामीले अव भत्ता लिन गाउँपालिका जानु पर्देन, भत्ताको काम आफु बसोवास गरेको वडाबाट नै हुन्छ ।”
सामाजिक सुरक्षा भत्ता बितरणको तथ्यांक अनुसार वडा नम्वर एक ओख्रेमा एक सय ५८ जना, वडा नम्वर दुई द्योदलेखानी एक सय नौ, वडा नम्वर तीन भुल्के एक सय ६६, वडा नम्वर चार दलगाउँ एक सय २९, वडा नम्वर पाँच मानेभञ्ज्याङ एक सय, वडा नम्वर ७ बासिखोरा एक सय ६० र वडा नम्वर ८ खोक्सिमा एक सय १७ जना गरी नौ सय ३९ जनालाई भत्ता बितरण भएको छ ।
एनआईसी एसिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजीकरण गर्दे गरेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष थामबहादुर राई सबै वडामा पुग्नु भएको थियो । सेवाग्राहीलाई सहजता दिनका लागि शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिका भित्रका जनतालाई सरकार घर आगनमा पुगेको अनुभूती दिलाउन आफूहरु लागि परेका छौ ।” यसले गाउँपालिका र बैकमा हुने भिडभाडको समेत अन्त्य भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts