पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ धादिङ शाखा र फोनिज धादिङको माग

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्रको समाचार संकलनमा पुगेका दुई पत्रकारमाथि कार्यकर्ताले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र फोनिज धादिङले आपक्ति जनाएका छन् ।

महासंघको जिल्ला शाखाका कार्यसमिति सदस्य एवम् अर्जुन श्रेष्ठमाथि एमाले जिल्ला कमिटि धादिङको नवौं जिल्ला अधिवेशनको समाचार संकलन गर्ने क्रममा केहि व्यक्तिहरुबाट अपशव्द बोली, गालीगलौज तथा दुर्व्यवहार गरेको घटनाप्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघको जिल्ला शाखाका अध्यक्ष राजाराम शर्माद्धारा जारी विज्ञप्तीमा नागरिकलाई सूचनाको हक प्रत्याभूत गर्न समाचार संकलन गर्ने र प्रकाशन–प्रशारण गर्ने कार्यमा कसैले पनि पत्रकारलाई रोक लगाउनु, अभद्र व्यवहार तथा गालिगलौज गर्नु कुनै पनि प्रकारले क्षम्य नभएको बताईएको छ ।

विज्ञप्तीमा भनिएको छ, “प्रकाशितरप्रसारित समाचारमा चित्त नबुझे वा गुनासो भए त्यस उपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै चरित्र हत्या हुने र आत्मसम्मानमा चोट पुग्ने किसिमले गाली गलौज गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । पत्रकारलाई पेशाप्रति हतोत्साहि बनाउने यस्ता कृयाकलापको नेपाल पत्रकार महासंघ धादिङ घोर निन्दा र भर्तसना गर्दछ साथै यस घटनाको छानविन गरी दोषी माथि कानूनी कारवाहि गर्न र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान तथा ग्यारेन्टि गर्न सम्बन्धित पक्षसंग आग्रह गर्दछ । अबका दिनमा पत्रकारको मर्यादित पेशा प्रति सम्मान गर्न सचेत गराउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन, प्रकाशन÷प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसंग यस शाखा माग पनि गर्दछ ।” यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जिल्ला शाखा धादिङले समेत प्रेस बिज्ञप्ति जारी गरि बिरोध जनाएको छ ।

ADVERTISEMENT

फोनिज धादिङका अध्यक्ष श्रेष्ठ माथि भएको यस्तो घटनाको बिरोध जनाउँदै घटनाको छानविन गरी दोषी माथि कानूनी कारवाही गर्न माग गरेको छ । समाचार संकलनमा पत्रकार माथि गरिएको अभद्र व्यबहारप्रति आगामी दिनमा एमाले धादिङले यसको मुल्य नराम्रोसँग चुकाउनु पर्ने फोनिज धादिङका उपाध्यक्ष बाबुराम श्रेष्ठले बताउनु भयो । उहाँले अधिबेशनलाई लिएर पत्रकारमाथि जाई लाग्ने एमालेका कार्यकर्ता भरौटे र झोले गुण्डाको संज्ञा समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज