काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
शनिबारबाट संसद भवन बानेश्वरमा सुरू भएको बैठकमा सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षण दिनुहुनेछ । संसदमा पार्टीका सांसदहरुको भुमिका प्रभावकारी बनाउने बारेमा बारेमा प्रशिक्षण दिइने बताइएको छ ।







