पर्यटन प्रवर्द्धनका लागि पदयात्रा

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीको लालबन्दीनगर पालिकाले पर्यटन प्रवर्द्धन पदयात्रा शुरु गरेको छ । लालबन्दीमा आज वडा नं. १३ नारायणडाँडा भ्यू टावरदेखि पर्यटन प्रवर्द्धन पदयात्रा गरिएको छ ।

नारायण डाँडादेखि कर्मडन्डी, बाहुनेडाँडा, अर्नेडाँडा हुँदै परवानिपुरस्थित कालिन्जोर खोलासम्म पदयात्रा गरिएको हो । त्यसका लागि नगरपालिका कार्यालयबाट जनप्रतिनिधि सहित अन्य सरोकारवालाको टोली नारायण डाँडा पुगेर फर्किएको छ । सुगम मानिने लालबन्दी नगरपालिका अन्तर्गत चुरे क्षेत्र आसपास बस्ने नागरिकहरु सामान्य आधारभूत सेवा (बाटो, पानी, बिजुली लगायत) बाट बन्चित रहनु परेकाले सो क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले यही माघ १२ गते सम्पन्न ११ औँ नगर सभाको निर्णयले पर्यटन प्रवद्र्धन पदयात्रा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले बताउनुभयो ।

पदयात्रामा नगरप्रमुख बासुदेव अधिकारी, पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेशसभा सदस्य बेची लुंगेली, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, सीडीओ कोमलप्रसाद धमलालगायत सहभागी हुनुभएकाे थियाे।

ADVERTISEMENT

पदयात्रा करिव १५ किलोमिटर रहेको छ । सो दुरी सबै भएर यात्रा गरेका हुन् । करिब १५ किलोमिटर रहेको छ । यस रुटमा पदयात्रा साइकलको लागिसमेत उपयुक्त रहेको पदयात्रामा सहभागी रहनु भएको सिडिओ कोमल प्रसाद धमलाले बताउनु भयो । यस क्षेत्रको बिकास सँगै प्रदेशकै उत्कृष्टगन्तव्यको रूपमा यस क्षेत्रको विकास गन सकिने जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहले बताउनु भयो ।

यसको लागि जिल्ला समन्वय समितिकाको पुर्ण बैठकले प्रदेशलाई अनुरोध गर्दा प्रदेशकै गैरवको योजनाको रूपमा समेत समेटिन सकिने उहाँले बताउनु भयो । सम्भवत यो पदयात्रा स्थल प्रदेशकै एक मात्र योजना रहेको र तराईबाट नजिकको र प्रदेशको बिच भागको स्थलमा रहेकाले प्रदेशभरिका मानिसले यसमा पदयात्रा गर्ने सिंहले बताउनु भयो ।

पदयात्रा गरन आउने यात्रीलाई लक्षित गरेर यस क्षेत्रमा एक रात बस्ने वा त्यस भन्दा धेरै दिन टिकाउने गरी पुर्वाधारमा विकास गर्नु पर्ने पुर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले बताउनु भयो । यस क्षेत्रकाे विकाससँगै सिङ्गो लालवन्दीको विकासको लागि यस क्षेत्रका मानिसलाई आय आर्जनमा जोड्नु पर्ने उहाँले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज