ढोरपाटनसहित माथिल्लो क्षेत्रमा हिमपात : लोकमार्ग ठप्प, जनजीवन कष्टकर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बिहीबार विहानैदेखि परेको हिमापतका कारण बागलुङको माथिल्लो भेगका स्थानीयको जनजीवन प्रभावित बनेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै बिहीबार विहानैदेखि हिमपात परेको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको छ ।

हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । विहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायताका साधान ठप्प भएको निसीखोला गाउँपालिका–६ का निरज घर्ती मगरले जानकारी दिनुभयो ।

बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोट लगायतका स्थानमा पुग्ने यातायातका साधान निसीखोलामा अलपत्र परेको उहाँको भनाइ छ । हिउँ नपान्छ्यसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताउनुभयो । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा आज सडक खुलाउन नसकिने बताउनुभयो । शुक्रबार विहान हिमपात रोकियो भने हिउँ फन्छाएर सडक खुलाइने उहाँको भनाइ छ । सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ ।

ADVERTISEMENT

उहाँले भन्नुभयो – “हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै गठिन हुन्छ, सकेसम्म हिउँ नपक्लिदासम्म यात्रा नगरेको राम्रो, गाडीहरु चिसोका कारण बिग्रिने संभावना बढी हुन्छ, अहिले सवारी साधान चलेका छैनन्, हामीहरुले हिमपात रोकियो भने खुलाउने प्रयास गर्ने छौँ ।”

विहानैदेखि परेको हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको ढोरपाटनका स्थानीय गंगाबहादुर भण्डारीले जानकारी दिनुभयो । हिमपातले गर्दा ढोरपाटनदेखि बेसी झर्नका लागि समस्या भएको भण्डारीले बताउनुभयो । गत मंसिर १८ गते ढोरपाटन लगायत आसपासका क्षेत्रमा पहिलो पटक हिमपात भएको थियो ।

त्यस यता सामान्य वर्षासमेत हुन सकेको थिएन । लामो समयदेखि वर्ष नहुँदा किसानले लगाएको गहुँ, जौँ बारीमै मर्न थालेका थिए । यो वर्षाले किसानका लागि राहत मिलेको स्थानीय प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । यो सिजनमा किसानलाई वर्षाको निकै आवश्यकता रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज