गठबन्धन सरकार भ्रष्टाचार न्यूनीकरणमा लागिरहेको छ : मन्त्री गुरुङ

ठूला भ्रष्टाचार काण्डहरु खोल्दै जाँदा ठूला माछा समात्न कठिन भयो

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले वर्तमान गठबन्धन सरकार भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ भनेर अगाडि बढिरहेको बताउनु भएको छ।

‘भन्सारबाट पहेलो पद्धार्थ आइरहँदो रहेछ, गठबन्धन सरकारले थाहा पाएपछि अनुसन्धान गरेर माफिया र तस्करहरुको जालो ताडेको छ ।’ उहाँले भन्नुभयो ।

बर्दघाट नगर स्तरिय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री गुरुङले सुशासनका लागि गठबन्धन सरकार कटिबद्ध भएर अगाडी बढेको बताउँदै विगत दशौँ वर्षदेखि मानव तस्करी भईरहेको र ती तस्करीहरुलाई समेत कानुनी दायरामा ल्याएको उहाँले बताउनुभयो ।

ठुला ठुला भ्रष्टाचार काण्डहरु खोल्दै जाँदा ठूला माछा समात्न कठिन भएको मन्त्री गुरुङको भनाई छ । भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग र राष्ट्रियता नहुने भन्दै मन्त्री गुरुङले भन्नुभयाे ‘ठूला माछा समाउन सबै एक ठाउँ उभिनुपर्दछ, भ्रष्टाचार विरुद्ध लाग्न सक्नुपर्दछ ।’

देश विकासका लागि सकरात्मक सोच आवश्यक रहने बताउँदै उहाँले सार्वजनिक पद धारणकर्ताहरुबाट भ्रष्टाचार विरुद्धको अभियानको सुरुवात हुनुपर्ने बताउनुभयो । ‘सार्वजनिक पदिय जिम्मेवारीमा रहेका व्यक्तिहरु नैतिकता र निष्ठाको जगमा उभिएर काम गरियो भने देश बन्न धेरै समय लाग्दैन ।’ मन्त्री गुरुङले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले खेल पनि पढाई भएको बताउँदै खेलका नियमहरु अनुसार खेल खेल्दा सिकाई राम्रो हुने बताउनुभयो । खेलकुदलाई राजनीतिप्रति व्यंग्य गर्दै उहाँले संघीय सरकारको खेलले प्रदेशलाई अधिकार नदिएको बताउनुभयो । ‘संघीय सरकारले प्रदेशलाई बलियो बनाउनका लागि कानुन तहः केही अधिकारहरु दिनुपर्नेछ, तर राजनैतिक खेलले प्रदेश सरकारले अधिकार पाएको छैन ।’ पाठकले भन्नुभयो । संघीय सरकारले प्रदेशका लागि बनाईदिनुुपर्ने कानुन नबनाउँदा प्रदेश सरकार अड्किएको पाठकको भनाई रहेको छ ।

ADVERTISEMENT

कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले खेलकुदको क्षेत्रमा बर्दघाटले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाईरहेको बताउँदै आगामी दिनमा नगरले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

बर्दघाट नगर उप–प्रमुख रुद्रपकाश उपाध्याय र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगरले बर्दघाट नगरपालिका खेल क्षेत्रका लागि उर्जावान क्षेत्र रहेको बताउनुभयो ।

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिता बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यामिक विद्यालयको सञ्चालन गरेको बर्दघाट नगर स्तरीय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बर्दघाट नगर भित्रका सामुदायिक र संस्थागत गरी २४ वटा विद्यालयको सहभागीता रहेको छ । समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका २४ वटा विद्यालयका करिब १ हजार १ सय विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

आज बुधबार छात्रछात्राहरुको लङजम्प, ठेलो फाल्ने (सट पुट), १५ सय मिटर दौड, रिले दौड, लगायतका खेलहरु सम्पन्न भएको कार्यक्रमका अफिसियल विनोद ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक झलक सहित खानाका विभिन्न परिकारहरु बनाई खाना महोत्सव प्रर्दशन गरेका थिए । कार्यक्रममा न्यु लाइफ मा।वि। का पुर्व विद्यार्थी राज अधिकारीलाई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको २०२३ ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा विश्वकै द्धितिय स्थान हासिल गरेकोको सम्मान गरिएको थियो ।

बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीको स्वागत रहेको कार्यक्रमको सञ्चालन न्यु लाइफ माविका प्रिन्सीपल सन्तोष अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज