नौ विद्यालयको सहभागितामा नृत्य प्रतियोगिता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकाममा सोमबारबाट अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सुरु भएको छ । स्थानीय टुँडिखेलमा पौष २७ गतेबाट संचालित डबली मेलाको अवसर पारेर माध्यमिक तथा आधारभूत विद्यालय स्तरीय नृत्य प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा नगरपालिका भित्रका मावि र आधारभूत तह गरी नौ वटा विद्यालयले सहभागिता जनाएको आयोजक संस्थाका सदस्य देउप्रकाश राईले बताउनुभयो ।

ADVERTISEMENT

विद्यालयमा अध्ययरतरत विद्यार्थीहरुलाई नृत्यतर्फ हौसला प्रदान गर्ने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको राईको भनाइ रहेको छ । प्रतियोगितामा विद्योदय मावि, भोजपुर एकेडेमी, बालकन्या आधारभूत विद्यालय, भोजपुर बहिरा आवासीय विद्यालय, यशोधरा मावि, सिद्धेश्वर मावि लगायतका विद्यालयको सहभागिता रहेको छ ।

नृत्य प्रतियोगितमा माध्यमिक विद्यालय र आधारभूत तहतर्फ प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । माघ १५ गतेबाट १८ गतेसम्म संचालन हुने नृत्य प्रतियोगिताले विद्यार्थीहरुलाई प्रोत्साहन तथा प्रतिभा पहिचानमा मद्धत मिल्ने आयोजक संस्थाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज