भोजपुर । भोजपुर सदरमुकाममा सोमबारबाट अन्तर बिद्यालय स्तरीय नृत्य प्रतियोगिता संचालन हुने भएको छ ।
स्थानीय टुँडिखेलमा गत पौष २७ गतेबाट सुरु ऐतिहासिक डवली मेलाको अवसर पारेमा माध्यामिक तथा आधारभुत बिद्यालय स्तरीय नृत्य प्रतियोगिता संचालन गर्न लागिएको आयोजक संस्थाका सदस्य देउप्रकाश राईले जानकारी दिनुभयो । विद्यालयमा अध्ययरतरत विद्यार्थीहरुलाई नृत्य तर्फ हौसला प्रदान गर्ने उद्धेश्यका साथ प्रतियोगिता संचालन गरिएको राईको भनाई रहेको छ ।
प्रतियोगितामा सहभागिताका लागि विद्यालयहरुलाई जानकारी गराईएको आयोजक सामाजिक विकास संस्थाले जनाएको छ । आयोजकका अनुसार नृत्य प्रतियोगितमा माध्यामिक विद्यालयर आधारुभत तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार सहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ ।
माघ १५ गतेबाट १८ गतेसम्म संचालन हुने नृत्य प्रतियोगिताले विद्यार्थीहरुलाई प्रोत्साहन तथा प्रतिभा पहिचानमा मद्धत मिल्ने आयोजक संस्थाका सदस्यको भनाई छ । मेलामा आगामी माघ २० गते कलाकार ज्योती मगर लगायतका कलाकारहरुको समेत सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts