भोजपुर मेयरकप भलिवल : षडानन्दलाई हराउँदै दमक बन्यो उपाधि विजेता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भलिवल खेललाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा संचालित प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जित्न सफल भएको छ ।

शनिवार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिकालाई तीन सेटमै हराउँदै दमक नगरपालिका बिजेता बन्न सफल भएको हो ।शुक्रवार भएको सेमीफाइनल खेलमा भोजपुरको आमचोक गाउँपालिकालाई हराउँदै दमक नगरपालिका र भोजपुर नगरपालिकालाई पछि पार्दे षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेका थिए ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालित प्रतियोगिताबाट बिजेता बनेको दमक नगरपालिकाले नगद एक लाख र उपबिजेता बनेको षडानन्द नगरपालिकाले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने सेमिफाइनलमा पुगेका दुई टिमले पनि २५–२५ हजार पाएका छन् ।

ADVERTISEMENT

गत माघ १० गतेबाट संचालन भएको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठ वटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज