काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उपनिर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा हुनुहुन्थ्यो ।
करातेका सफल खेलाडीमध्येका एक श्रेष्ठ आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद)का स्वर्ण विजेता हुनुहुन्छ । श्रेष्ठसँग लामो समय करातेको राष्ट्रिय टिम तयारीको प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । श्रेष्ठ खेलाडीहरूको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पनि हुनुहुन्छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले श्रेष्ठलाई पत्र हस्तान्तरण गर्दै भन्नुभयो, ‘तपाईं एक सफल खेलाडी । राष्ट्रिय टिम तयारीमा तपाईंको भूमिका र योगदान रहन्छ भन्ने विश्वाससाथ राष्ट्रिय टिम तयारीको उपनिर्देशकको जिम्मेवारी सुम्पिएको हो । सफलताका लागि शुभकामना ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा