रुपन्देही । आयुर्वेदलाई प्रोसाहन गर्ने उदेश्यका साथ शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबलको आयोजना र कञ्चन गाउँपालिकाको समन्वयमा शिक्षकहरुको लागि आयुर्वेद तथा योग सम्बन्धी तिन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई आयुर्वेद र योग सम्बन्धी अभिमुखीकरण गरिएको लुम्बिनी आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक गणेश सापकोटाले बताउनु भयो।
उहाँले आयुर्वेद तथा योग सम्बन्धी अभिमुखीकरण कार्यक्रमले सकारात्मक सोँचको विकासको साथै शरीरलाई स्वस्य र निरोगी बनाउने उदेश्यका साथ रुपन्देहीका पालिका भित्रका विद्यालयमा यो कार्यक्रम सञ्चालन गरि शिक्षकलाई अभिमुखीकरण गरिएको बताउनु भयो ।
लुम्बिनी आयुर्वेद चिकित्सालका प्रमुख डा प्रवेश श्रीवास्तवको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै पालिका अध्यक्ष ढकालले शिक्षकहरुलाई आयुर्वेद कार्यक्रमले समाजमा आयुर्वेद र योगको विषयमा प्रभावकारीता बढाउने बताउनु भयो ।
उहाँले शिक्षकहरुबाट विद्यार्थीहरुमा विद्यार्थीबाट आम नागरिकमा योग तथा आयुर्वेद सम्बन्धी जानकारी हुने भएकोले यो अभिमुखीकरण उपलब्धी मुलक रहेको बताउनु भयो।
अभिमुखीकरण समापन कार्यक्रममा बोल्दै लुम्बिनी आयुर्वेद चिकित्सालका प्रमुख डा प्रवेश श्रीवास्तबले यस्तो खालको कार्यक्रम शिक्षकहरुले विद्यार्थीमार्फत सबै माझ पुर्याउन सके यसको महत्व धेरै हुने बताउनु भयो।
उहाँले योग तथा आयुर्वेद महत्व रहेकाले आयुर्वेद स्वास्थ्य सम्बन्धी सबैले जान्न आवश्यक रहेको डा श्रीवास्तवको भनाई थियो । उहाँले खानपान, सर्ने नसर्ने रोग निवारणका निम्ति योग तथा आयुर्वेदको महत्व रहेको बताउँदै विश्वव्यापी रुपमा ७० प्रतिशत भन्दा बढी मानिसहरु नसर्ने रोगबाट मर्ने गरेकोले यसलाई न्यूनीकरण गर्नका लागि हाम्रो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, योग, व्यायाम, प्रणायम जस्ता कुरामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले तीन दिनसम्म यी र यस्तै विषयबारे जानकारी गराएको बताउनु भयो।
उहाँले सरकारको लक्ष्य ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई सार्थकता दिनका लागि सबै नागरिकले आ–आफ्नो स्वास्थ्यको जिम्मेवारी लिन सकुन् भन्ने उद्देश्य हाम्रो रहेको बताउनु भयो। अभिमुखीकरणमा पालिका भित्रका शिक्षक तथा शिक्षिकाहरु लगायतको सहभागी रहेको वरिष्ठ कविराज निरीक्षक सापकोटाले बताउनु भयो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा