पौडेलद्वयलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

बिहीबार म्याद थपका लागि भएको बहसपछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा पौडेलद्वयलाई बुधबार पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैजना सेक्युरिटी प्रिन्टिङ प्रकरणमा जोडिएका व्यक्ति हुन् । विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितताको आरोपमा मुद्दा दायर भइसकेको छ भने सुनिलमाथि पेमेन्ट गेट-वे अनियमिततामा मुद्दा चलेको हो । आयोगको टोलीले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

२०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । त्यस्तै, २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि दुवै निलम्बनमा छन् ।

मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्रोतसाधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरूलाई थप छानविनका लागि अख्तियारले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?