एनआरएनए एशिया क्षेत्रीय बैठकः ३ सय प्रतिनिधि सहभागी, पूर्वअध्यक्षहरु अनुपस्थित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

बैंकक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदै छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरुको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयाे ।

सम्मेलनमा थाईल्याण्ड, म्यानमार, सिंगापुरमा रहेका रैथानेहरुले उठाउदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका साथ उठाउने तयारी त्यहाँस्थित नेपाली समुदायले गरेका छन् ।

सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेर बहादुर कुंवर बैंकक आइपुग्नुभएकाे छ ।

सम्मेलनमा बिशिष्ट अतिथिको रुपमा माननीय सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री माननीय मणी भद्र कंडेल शर्मा, नेपाल उद्याेग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, समाबेसी आयोगका सदस्य पुष्पराज तिमिल्सीना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगकी सदस्य मिर्जा अर्सद बेग, थाईल्याण्डका लागी नेपाली राजदूत गणेश प्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख ओम शर्मा लगायत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्बका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहेको क्षेत्रीय संयोजक पारसमणी पोखरेलले बताउनुभयाे ।

ADVERTISEMENT

भाईचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणाअनुरुप यो भेला आयोजना गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा. बद्री केसी समेतको उपस्थिति रहेको छ ।

सम्मेलनको दौरानमा राष्ट्रिय तथा स्थानीय कलाकारको विभिन्न मनोरन्जनात्मक प्रस्तुति दिने तयारी छ ।

पूर्वअध्यक्षहरु अनुपस्थित

संघको क्षेत्रीय सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन कुमार पन्त लगायत संघका महासचिव गौरीराज जोशी सम्मेलनमा सहभागी भएनन् । सम्मेलनमा पूर्वअध्यक्ष भवन भट्ट मात्र उपस्थित हुनुहुन्छ । संघको १० औं महाधिवेशन देखि शुरु भएको संघभित्रको तिक्तता मेटाउने अपेक्षा गरिएको सम्मेलनमा पूर्वअध्यक्षहरुको अनुपस्थितिले सहभागीहरुमा खल्लो महशुस भएको छ । सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतवार सम्मन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज