राष्ट्रियसभा निर्वाचन : वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उम्मेदवार निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उमेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी तथा अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विजयी हुनुभएको छ ।

ADVERTISEMENT

पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गर्नुभयो ।

महिलातर्फ एमालेकी रोचकुमारी चौलागाईंले दुईहजार ५५२ मतभार, दलिततर्फ ध्रुवराज बिकले तीनहजार ५२ , अपांगतर्फ त्रिलोचन निर्मल पौडेलले दुई हजार ७३४ मत, अन्यतर्फ विवेक देवकोटाले दुई हजार ३५९मतभार प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज