गुल्मी । गुल्मी अस्पताललाई एक सहकारीले जिन्सी सहयोग गरेको छ । जिल्लाको तम्घासस्थित स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्थाले गुल्मी अस्पताललाई जिन्सी सहयोग गरेको हो ।
यस सहकारीले आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा गुल्मी अस्पतालमा बिरामीलाई पानी पिउनका लागि ३० थान स्टिलको गिलास र चार थान जग उपलब्ध गराइएको उपाध्यक्ष कमला मरासिनीले बताउनुभयो ।
त्यस अवसरमा गुल्मी अस्पतालका सूचना अधिकारी रमेश पन्थीले सहकारीले गुल्मी अस्पताललाई गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts