बर्दघाटको १३औं नगरसभा : सहकारी र प्रज्ञा प्रतिष्ठान ऎन संशोधन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । बर्दघाट नगरपालिकाको १३ औँ नगर सभाको शुभारम्भ भएको छ । आज मंगलबार नगरपालिकाको सभाहलमा बर्दघाट नगरपालिकाको नगर सभा सुरु भएको हो ।

नगरसभामा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले गर्नु भएको सहकारी ऐन २०७४ को पहिलो संशोधन र बर्दघाट प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को पहिलो संशोधन प्रस्ताव पारित भएको छ । सभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन २०८० र अनुगमन तथा सुपरिवेक्षण समितिको अर्धवार्षिक प्रतिवेदन स्वीकृत गर्ने निणर्य पेश गरिएको थियो ।

नगरसभामा बर्दघाट नगरपालिकाबाट विभिन्न मितिमा भएका निणर्यहरु अनुमोदनका लागि पेश भएका थिए भने सभा अध्यक्षबाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले वडास्तरका योजनाका शिर्षकान्तर तथा रकमान्तर सम्बन्धि प्रस्ताव पेश गर्नु भएको छ । नगर सभाका सभाध्यक्षा श्रेष्ठले पेस गर्नु भएको प्रस्तावहरु माथी बोल्दै नगर सभा सदस्यहरुले सार्वजनिक जग्गा संरक्षण, सिँचाई, विद्युतिकरण, बाटोको समस्या लगायतका विषयहरु उठाउनु भएको थियो ।

सभा सदस्यहरुको प्रश्नको उत्तर दिँदै सभाध्यक्ष श्रेष्ठले सार्वजनिक जग्गा संरक्षणका लागि जनप्रतिनिधि र सम्बन्धित कर्मचारीहरुलाई खटाइएको बताउनुभयो । त्यस्तै नगर प्रमुख श्रेष्ठले वडाका जनप्रतिनिधिहरुलाई सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।

ADVERTISEMENT

१३ औँ नगरसभामा बर्दघाट नगरका सहकारी विज्ञ चन्द्र ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्सकुन) को अध्यक्षमा निर्वाचित हुनुभएकोमा नगरसभा बाटै सम्मान गर्ने निणर्य भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

त्यस्तै बर्दघाट नगरका १ सय २० वटा टोल विकास संस्थाहरु मध्ये बर्दघाट १३ को कालिका टोल विकास संस्थालाई सर्वोकृष्ट संस्थाको रुपमा सम्मान गर्ने निणर्य गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सन् २०२३को ‘इएर अफ मिलेट्स’ फोटो प्रतियोगितामा विश्वकै दोस्रो स्थान हासिल गर्न सफल भएकोमा सम्मान गर्ने निणर्य गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज