जुम्लाहुँदै मनाङ जोड्ने सडकको ग्रावेल गरिँदै

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा २ किलोमिटर सडकको ग्रावेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले जिम्मेवारी पाएको दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको साढे १४ किलोमिटर सडकमध्ये हाल दुई किलोमिटर सडक ग्रावेल गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्राविधिक कृष्ण महतले जानकारी दिनुभयो ।

गज्रयाङ्गकोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई किलोमिटर सडक ग्रावेल भएको छ। बर्खा सिजनमा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्रावेल भएको कार्यालयका फिल्ड प्राविधिक महतको भनाइ छ । ग्रावेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानवहादुर बुढा र प्रमुख प्रशासकिय अधिकृत ध्रुवराज गिरी नेतृत्वकाले टिमले अनुगमनसमेत गरेको छ। सडक ग्रावेल भएकाले पर्यटकिय क्षेत्र गुठीचौरसम्म जाने सडक बाह्रै महिना सुचारुहुने गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो ।

यो सडक खण्डमा बर्खा सिजनमा मानिसलाई हिड्न गाह्रो हुन्थ्यो, ग्रावेल भएपछि सहज भएको छ । गुठीचौर घुम्न आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने गरि काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालयले जिम्मेवारी पाएको साढे १४ किलोमिटर सडकलाई यसै वर्षभित्र ग्रावेल गर्ने गरि काम गरिने कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

पञ्चबर्षिय योजना अन्तर्गत तीन वर्ष बितिसकेको र सडक ग्रावेल गर्न दुई वर्षभित्र बाँकि रहेको छ । ३२ करोडको टेण्डर आह्वान भएकोमा कनकासुन्दरी निर्माण सेवा कम्पनिले १७ करोडमा साढे १४ किलोमिटर सडक ग्रावेल गर्ने गरि निर्माण कम्पनीसंग सम्झौता भएको पूर्वाधार विकास कार्यालयमा सूचना अधिकारी टेकबहादुर हितानले बताउनुभयो ।

जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माण कार्यले गति लिएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिनुभयो । जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर रहेको छ। निर्माण कम्पनीले काम गरेको कार्यालयमा बिल आएका छन् । केन्द्रबाट बजेट नआएकोले भुक्तानी गर्न कठिन भएको छ । थप सडक निर्माण र स्तरवृद्धिका लागि बजेटको अभावले काम गर्ने कठिन भएको कार्यालय प्रमुख विष्टको भनाइ छ ।

जुम्ला-डोल्पा सडकमा चार स्थानमा पक्की पुल निर्माण गर्ने डिपिआर निर्माण भए पनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् । कच्ची सडक खनेपछि भने त्यस क्षेत्रमा मालवाहक ट्याक्टर तथा साना सवारी गुडिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज