चियाबारी यसै राम्रो हुन्छ । अनि गोधुली पनि । आज हामी ती दुई सुन्दर चिजलाई एक साथ प्रस्तुत गर्दै छौ । गोधुलीमा देखिएको चियाबारी । इलाम जिल्ला अन्तर्गत देउमाई नगरपालिकामा रहेको मिस्ट भ्याली चिया बगान साझमा यस्तो देखिएको छ । इलाममा यस्ता धेरै चियाबगान रहेका छन् । जसले हरेक बर्ष धेरै पर्यटकलाई यहाँ भित्र्याउन सहयोग गरेको छ ।













