कालीकोट । कालीकोटको महाबै गाउँपालिका–५ औल गेलाकी ५० वर्षीया लाल्का कामीले २४ वर्षपछि आफ्नो श्रीमान घर फर्केर आउँछन् भन्ने आश मारिसक्नुभएको थियो । तर श्रीमान घर फर्केपछि उहाँले हर्षका आँसु थाम्न सक्नुभएन “मैले त श्रीमानको आश मारिसकेको थिए, घर छोडेर भारत गएको केही वर्षसम्म त गाउँलेसँँग नासो र रैवार पठाउथे, त्यसपछि अत्तोपत्तो भएन”, श्रीमती लाल्काले भावविह्वल हुँदै भन्नुभयो, “मेरो श्रीमान २४ वर्षपछि घर फर्कँदा बुढेसकालको सहारा हुने भएको छ ।”
२०५६ फागुनमा घर छोडेर रोजगारीको लागी भारत गएका गाँसे कामी घर फर्किनुभएको छ । रोजगारीका लागि भारत गएका गाँसेलाई भारतको उत्तर प्रदेश खण्ड टिउली आरेकोटमा भेडी गोठालो भएर काम गर्दा भेटीएपछी उहाँको उद्धारा गरी ल्याइएको हो ।
२४ वर्षसम्म घर नफर्किदा घरमा काज किरियाँको तयारी समेत थालिसकेका थिए । अझँै आश मरेको छैन् भनेर गाँसेकी श्रीमती लाक्काले काज किरियाँ रोक्न लगाइन । छोरा वीरेन्द्रले अब बाउको आश छैन्, जब सानो छँदा आफूले खाईनखाई आधा पेट खाएर पनी हामिलाई पाल्नु ताल्नु भयो । हामि कमाउने भइसक्यो भन्दै लाल्कालाई शान्तना दिनुहुन्थ्यो ।
६ वर्षको उमेरमा घर छाडेर गएका गाँसेका जेठा छोरा दुर्ग बिक, माइला छोरा वीरेन्द्र अहिले २६ वर्षका भए भने बहिनी २३ वर्षकी छन् ।
चर्किँदो दशवर्षे जनयुद्धको बेला घर छाडेर भारत गएको २ वर्षपछि परिवारको सम्पर्कमा आउन नसकेका गाँसे २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ । गाँसे घर फर्किएसँगै उनको २ छोरा र एक छोरी संगै घर परिवार र आफन्तमा खुसीको सीमा रहेन । २४ वर्षसम्म बेपत्ता गासे बुढेसकालको सहारा सम्पर्कमा आउँदा उनकी श्रीमतीको आँखामा हर्षका आँसु बर्सिएका छन् ।

गाँसेले गाउँमा पुगेपछी भन्नुभयो, “आफ्नो जन्म भूमीमा यसरी पुग्छु भन्ने कल्पना समेत गरेको थिएन बाँचेर पुगे बाल बच्चा देख्न पाए आफ्नो परिवार देख्न पाए ।” अब भारत जाँदीन साना बालबच्चा पाल्न कति दुख भयो होला मेरी श्रीमतीलाई भन्दै अंगालो हालेर धुरुधुरु रोए । रहर थिएन बाध्यताले काम गर्न भार गएँ १२ वर्ष जोगी भएर बिताए गाँसेले भन्नुभयो ।
“हाम्रो गाउँमा गाँसेदाइ जिउँदो हुनुहुन्छ भन्ने झिँनो आशा मात्रै थियो तर अहिले घर फर्कंदा खुसी लागेको छ”, गाउँका स्थानीय लक्ष्मण शाहीले भन्नुभयो, “धेरै ठाउँमा गाँसे दाइको बिषयमा सोँधखोज गरेका थियौँ, तर कुनै अत्तोपत्तो भएन, आशा नै मारेर बसेका थियौँ, १२ वर्ष पछी पनी खोला फकिन्छ भन्थे बुढा पाकाले गाँसे २४ वर्षपछी घर नफर्किंदा यही कुराले पिरोलेको थियो, गाँसे दाई फर्किएर आउनु भयो हाम्रो गाउँमा ठूलो खुसी छाएको छ ।”








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts