नवलपरासी । सुस्ता गाउँपालिकाले जनस्वास्थ्य माथि गम्भीर खेलवाड गरेको छ । सुस्ता गाउँपालिका वडा नम्बर १ मा रहेको रुपौलिया स्वास्थ्य चौकिमा म्याद सकिएको औषधि वितरण गर्दै जनस्वास्थ्य प्रती गम्भीर खेलवाड गरेको हो ।
जेष्ठ नागरिकलाई निः शुल्क उपलब्ध गराउनुपर्ने औषधिमा म्याद गुज्रिएको औषधि वितरण गरी नागरिकको स्वास्थ्य माथी गम्भिर लापरवाही गरेको पाइएको हो । स्वास्थ्य चौकीले सुगर रोगीले सेवन गर्ने ‘मेटस्पाएर–१००० एस आर’ नामको म्याद सकिएको औषधि वितरण गरेको छ ।
सुस्ता गाउँपालिका वडा नम्बर १ फेचुहा बस्ने ७२ वर्षिय बल्लबी भुर्तेललाई गत माघ ५ गते २ महिना अगी नै म्याद गुज्रिएको औषधि दिइएको थियो ।
सन् २०२१ को डिसेम्बर महिनामा उत्पादन भएको औषधिको म्याद २०२३ नोभेम्बर महिना सम्म मात्रै रहेको छ । तर, सन् २०२४ को जनवरी १९ मा समेत उक्त औषधि वितरण गरेको पाइएको हो ।
सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले स्वास्थ्य चौकिको कर्मचारीहरुले लापरबाही गरेको पाइए कारवाही गरिने बताउनुभयो । उहाँ भन्नुहुन्छ - "मैले पनि म्याद सकिएको औषधि बितरण भयो भन्ने सुनेको हुँ त्यस्तो भएको रहेछ भने कार्वाही हुन्छ ।" स्वास्थ्य चौकी प्रमुख धमेन्द्र कानुले आफ्नो कर्मचारीबाट गम्भिर गल्ति भएको स्वीकाउनु भयो । उहाँ भन्नुहुन्छ -" अहिले स्वस्थ्य चौकीमा कार्यरत कर्मचारीबाट गल्ती भयो आगामी दिनमा त्यसो हुन दिदैनौँ ।"
बल्लवी भुर्तेलका छोरा ज्ञानप्रसाद भुर्तेलले भने नागरिकको स्वास्थ्य माथी गम्भिर लापरवाही गर्ने स्वास्थ्य चौकिका कर्मचारीलाई कारवाही गरिनुपर्ने माग गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता