जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा देशकै दोस्रो भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वित्तिय सुशासन जोखिम मूल्याङ्कन २०७९ अन्तर्गत देशका सात सय ५३ स्थानीय तहमध्ये धादिङको ज्वालामुखि गाउँपालिका ८६.५ अंक सहित प्रथम हुँदा जुम्लाको कनकासुन्दरी गाउँपालिका ८६ अंक, प्राप्त गरि दोस्रो भएको हो ।
तेस्रोमा बैतडिको पञ्चेश्वर गाउपालिका ८४.५ अंक र चौथोमा जुम्लाको तातोपानी गाउँपालिका जुम्ला ८१ अंक प्राप्त गर्दै चौथो भएको हो । साथै बराबरी ८१ अंक ल्याएर मुगुको कार्मारोङ गाउँपालिका पनि चौथो भएको छ । देशभरका स्थानीय तहमध्ये जुम्लाका दुई पालिका दोस्रो र चौथो हुनु कार्यसम्पादन अब्बल बन्दै जानु हो । आगाामी दिनमा थप सेवा सुधार्न समेत स्थानीय तह लागि परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्सेनि स्थानीय तहहरुको मूल्याङ्कन गरी उनीहरुले पेस गरेका योजनामा बजेट पठाउँदै आएको छ ।मूल्याङ्कन पद्धतिमा पाँच वटा बुँदा समेटिएका छन् ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा स्थानीय तहहरुले गरेका कामको आधारमा मन्त्रालयले उनीहरुलाई बजेट पठाउने गरेको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts