धादिङ । उपचारको क्रममा एक विरामीको मृत्यु भएपछि जिल्ला अस्पताल धादिङमा केस कसरी मिलाउने भन्ने बिषयमा समस्या उत्पन्न भएको छ ।
गत आइतबार दिउँसो स्वास्थ्य चेकजाँच गराउन धादिङ अस्पताल आइपुगेकी धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. २ मैदीको पँदेलीथोककी ५८ वर्षीय विद्यादेवी सिंखडाको सोमबार विहान मृत्यु भएको थियो ।
आइतबार ओपिडी सेवामा चेकजाँच गरी थप उपचारको लागि अस्पताल भर्ना भएकी सिंखडाको अस्पतालकै चिकित्सकको कमजोरीका कारण विरामीको मृत्यु भएको आफन्तले आराेप लगाएका छन्।
अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले सोमबार दिनभर अस्पतालमा घेराबन्दी गरे । अस्पतालमा घेराबन्दी गरेपछि अस्पताल प्रशासनले आफुहरुको कमजोरी भएको स्वीकार गरेकाे उनीहरुले बताएका छन् । राजनीतिक दलहरुको आडमा अस्पतालमा भएको घटनाको ठोस निर्णय नै नगरी अस्पताल प्रशासन र मृतकको परिवारविच चार बुँदे सहमति भएकाे आशंका गरिएकाे छ।
हाल निर्माण भएको सिटी स्क्यान भवनलाई विद्यादेवी सिंखडा स्मृति भवन नामाकरण गरिने, उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट भएको कमजोरी छानविन गरी कानुन बमोजिम कार्वाही गर्ने, अस्पतालको सेवा प्रवाहमा भएका कमजोरी सुधार गर्ने र २१ दिनभित्र घटनाको सत्यतत्य पत्ता लगाई सक्नुपर्ने सहमति पछि मृतककाे शव उठेकाे थियाे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts