गुल्मी । गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकको बाख्रा फार्ममै पुगेर आवश्यक औषधि वितरण गरेको छ । ‘पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास आर्थिक समृद्धिको आधार’ भन्ने मुख्य नारासहित तेस्रो राष्ट्रिय बाख्रा दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा फार्ममै पुगेर औषधि वितरण गरेको हो ।
तेस्रो राष्ट्रिय बाख्रा दिवसको अवसरमा कार्यालय प्रमुख हुमकान्त पाण्डेय, पशुचिकित्सक डा. मदन भण्डारी, लेखा प्रमुख माधव प्रसाद अर्याल, प्रशासन शाखा प्रमुख कमल प्रसाद पाण्डेय लगायतले बाख्रा फार्ममै पुगेर आवश्यक औषधि वितरण गर्नुभयो ।
त्यसअवसरमा गुल्मीदरबार गाउँपालिका वडा नम्बर-७, गलामका कृषक निर्मला कार्कीको बाख्रा फार्ममै पुगेर बाख्राका लागि आन्तरिक परजीवी भिटामिन तथा लिभरटोर्निक सहित प्राथमिक उपचारका लागि किटबक्सलगायत हस्तान्तरण गरिएको हो ।
कार्यालय प्रमुख हुमकान्त पाण्डेयले नेपाल ग्रामीण बस्तीमा दिगो आय आर्जनको आधार बनेको भन्दै थोरै पूँजी तथा सानो क्षेत्रमा पाल्न सकिने भएकोले ग्रामीण बस्तीका महिलाहरुका लागि बाख्रा पालन पहिलो रोजाइ बनेको बताउनुभयो ।
उहाँले ग्रामीण बस्तीमा पालिएका बाख्राका लागि नियमित खोप कार्यक्रम आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि, पोषण सुधार तथा नश्ल सुधार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्न तिनै तहका सरकारले किसानमैत्री कार्यक्रम लैजान जरुरी रहेको बताउनुभयो ।
उत्पादनलाई लगानीको आधारमा बजार मूल्य सुनिश्चितता गर्नु मुख्य जिम्मेवार सरकारबाट भएमा बाख्रा पालनमा किसानले आफ्नो लगानी सुनिश्चित गर्न र दिगो बाख्रा पालन व्यवसाय संचालन गर्ने बताउनुभयो ।
कृषक निर्मला कार्कीले आफ्नो बाख्रा फार्ममा नै आएर औषधि वितरण गरेको प्रति भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि कृषकका लागि यस्तै महत्वपूर्ण कार्यक्रमहरु गर्न आग्रह गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts