काठमाडौं । चलचित्र ‘मोदीबेनी घोषणा गरिएको छ । निर्माण युनिटले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
शंकर कोइरालाको निर्देशन रहने यो चलचित्रमा करिब पैँतीस-चालीस वर्ष पहिले र हालको कथालाई मिश्रण गरेर पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा बन्ने जनाइएको छ ।
दीलिप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रमा आनन्द विक्रम क्षेत्रीको लेखन छ । यही माघ अन्तिमबाट छायांकनमा जाने बताइएको यो चलचित्र दुई चरणमा छायांकन हुने जनाइएको छ । चलचित्रमा फिल्म डिनेस्ट इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता