काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारी हटाइएका छन् ।
यही १ माघबाट लागू हुने गरी ती कर्मचारीलाई हटाइएको हो ।
५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।
सचिवालय ठूलो भएको भन्दै यसअघि नै कर्मचारी हटाउने तयारी भइरहेको थियो ।
प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन कार्यशैली सुधारदेखि सचिवालयलाई पनि चुस्त बनाउने घोषणा गर्नुभएको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts