भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा संचालन हुने गोल्डकप तथा माघी मेला सुरु भएको
छ । खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले संचालन हुन लागेको प्रथम गोल्डकप फुटवल तथा मेला औपचारिक कार्यक्रम सोमवारबाट सुरु भएको हो ।
गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा हुने फुटवल तथा स्थानीय माघी मेला आगामी ९ गतेसम्म संचालन हुने छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले स्थानीय तहले खेलकुद क्षेत्रको बिकासका लागि काम गर्नु पर्ने बताउँदै सिमित श्रोत साधनका कारण प्रतियोगिता संचालनका लागि एक लाख सहयोग गर्ने बताउनुभयो ।
सोक्रममा पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले खेलकुद क्षेत्रको बिकासका लागि आयोजना गरिएको कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहन गर्नका लागि पालिकाको सहयोगमा प्रथम गोल्डकप स्थानीय स्तरमा संचालन गरिएको अध्यक्ष राईको भनाई रहेको छ ।
गाउँपालिकाको सहयोगमा गोल्डकप तथा बृहत माघी मेला मूल आयोजक समितिको आयोजनामा फुटवल तथा माघी मेला आयोजना हुन लागेको हो । पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगिता अन्तर्गत शहिदभूमी गाउँपालिका धनकुटा, अरुण गाउँपालिका, षडानन्द नगरपालिका, दिप्रुङ चुईचुम्मा खोटाङ, आम्तेक ११ भोजपुर, द एट स्टार क्लव चम्पे, नेपाल प्रहरी बिराटनगर, छथर गाउँपालिका तेह्रथुम, पञ्चकन्या फुटवल क्लव च्याङग्रे, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका खोटाङ, देउराली फुटवल क्लव च्याङग्रे, तिवारीभञ्ज्याङ फुटवल क्लव, श्रीनयाँ श्रीनाथ गण भोजपुर र फेन्डस क्लव तिवारीभञ्ज्याङको सहभागिता रहने मूल आयोजक समितिका संयोजक चोलप्रसाद आलेले जानकारी दिनुभयो । पहिलो खेल शहिदभुमी गाउँपालिका र अरुण गाउँपालिकाका बिचमा सोमवार हुने छ ।
प्रतियोगिता अन्तर्गत बिजेता टिमले नगद तीन लाख र उपबिजेताले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनही पाँच हजारका साथमा ट्रफी र उत्कृष्ट खेलाडीले नगद १५ हजार साथमा ट्रफी पाउने आयोजक समितिका सचिव देउमान राईले बताउनुभयो ।
माघ १ गतेबाट ९ गतेसम्म संचालन हुने प्रतियोगिता तथा मेलामा राष्ट्रिय कलाकारहरु शम्भु राई सहित बेजोड सांगीतिक प्रस्तुतीहरु समेत रहने आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts