भोजपुर । नगर क्षेत्रको सडक मर्मतमा सम्वन्धित निकायले चासो नदेखाई रहेको अवस्थामा राष्ट्रिय युवा संघ भोजपुरको अगुवाईमा मर्मत संभार गरिएको छ ।
एमाले निकट मानिएको राष्ट्रिय युवा संघ, नेपाल भोजपुर नगर कमिटिको आयोजनामा सोमवार भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको पुरानो बसर्पाक नजिकको सडक मर्मत संभार भएको हो । लामो समय देखि बिग्रिएको सडक मर्मतमा कसैले चासो नदेखाएपछि युवा संघको अगुवाईमा सडक मर्मत गरिएको नगर कमिटि अध्यक्ष दिपेन दर्नानको भनाई रहेको छ । भत्किएको सडक कंकिट ढलाई सहित मर्मत भएको छ ।
सडकका कारण हुन सक्ने जोखिम न्युनीकरणका लागि भत्किएको सडक मर्मत गरिएको युवा संघले जनाएको छ । सडक मर्मतमा नेकपा एमाले जिल्ला अध्यक्ष शरण कुमार राई, कोशी प्रदेश कमिटि सदस्य तथा भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, युवा संघ केन्द्रिय सदस्य बिमल रणपहेली, अनेरास्वबियु केन्द्रिय सदस्य प्रताप तामाङ, युवा संघ पदाधिकारीहरु, जनप्रतिनिधी, टेम्पो ब्यवसायी लगायतको सक्रिय सहभागिता रहेको थियो । यस अघि पनि सदरमुकाम क्षेत्रमा भत्किएको सडकको युवा संघले मर्मत संभार गरेको थियो ।
सडक मर्मत लगायतका सामाजिक कार्यमा निरन्तर सहयोग गर्दे आउनु भएको भन्दै कोशी प्रदेश कमिटि सदस्य तथा भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, भोजपुर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष नवीन प्रधान लगायतका प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts